काठमाडौँ : आइतबार छापावाल सुनको मूल्य १ हजार ३ सय रूपैयाँले बढेको छ ।
शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६९ हजार ३ सय रूपैयाँ कायम भएकोमा आज १ हजार ३ सय रूपैयाँले बढेर २ लाख ७० हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५ सय ६५ रूपैयाँ कायम भएकोमा आज २ सय ७० रूपैयाँले बढेर ४ हजार ८ सय ३५ रूपैयाँ कायम भएको छ ।





