अब साक्षरबाट शिक्षित प्रदेशतर्फ अघि बढ्छौँ : मुख्यमन्त्री आचार्य

२०८२ पुष १३, आईतवार

लुम्बिनी : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई अब साक्षरबाट शिक्षित प्रदेशको रूपमा घोषणा गर्ने गरी सरकारले प्राथमिकताका साथ काम गर्ने बताएका छन्।

प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी) मा आज आयोजित साक्षर लुम्बिनी प्रदेश घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले शिक्षक, विद्यार्थी, अभिभावकलगायत सबै सरोकारवालाको अथक प्रयासका कारण साक्षर प्रदेश घोषणा सम्भव भएको र यसलाई दिगो रूपमा अघि बढाउने जिम्मेवारी सबैको हुने बता

घोषणा आफैँमा ठूलो कुरा होइन साक्षरतालाई टिकाइ राख्नु मुख्य विषय हो अब हामी साक्षरबाट शिक्षित प्रदेशको घोषणा गर्नेतर्फ छिट्टै अघि बढ्नुपर्छ, उले भनेयससँगै प्रदेशलाई दुव्र्यसनमुक्त बनाउने अभियान सशक्त रूपमा अघि बढाउन आवश्यक छमुख्यमन्त्री आचार्यले नवयुवा दुव्र्यसनमा फस्नु चिन्ताको विषय भएको उल्लेख गर्दै अब दुव्र्यसनमुक्त प्रदेश बनाउने विषय सबैको साझा सङ्कल्प हुनुपर्ने बता

प्रदेश सरकारले सामाजिक विकासलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम र कानुन निर्माणमा जोड दिँदै आएको उले स्पष्ट पारे। प्रदेशमा साक्षरताको मापदण्ड पूरा भई १५ देखि ६० वर्ष उमेर समूहको औसत साक्षरता दर ९६.१६ प्रतिशत पुगेकाले लुम्बिनी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको मुख्यमन्त्री आचार्यको भनाइ थियो

लुम्बिनी प्रदेशमा पाँच हजार ७२२ सामुदायिक बाल विकास केन्द्र, चार हजार ४३९ सामुदायिक विद्यालय, तीन विश्वविद्यालय, १८७ क्याम्पस र तीन सय २९ सामुदायिक सिकाइ केन्द्र रहेका छन् प्रदेशभर विद्यालय तहमा १२ लाख ४६ हजार २७२ विद्यार्थी अध्ययनरत छन्

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार