एमालेमा समानुपातिक उम्मेदवार टुंग्याउने जिम्मा अध्यक्ष ओलीलाई

२०८२ पुष १३, आईतवार

काठमाडौं : नेकपा एमालेले प्रतिनिधिसभा समानुपातिक उम्मेदवारको नाम टुंगो लगाउने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ।

पार्टी केन्द्रीय कार्यालयमा च्यासलमा बसेको सचिवालय बैठकले समानुपातिक उम्मेदवार टुंग्याउने निर्णय गरेको हो। बैठकले अध्यक्षबाट प्रस्तुत भएका र त्यसमाथि प्राप्त सुझाव समेटेर उम्मेदवारको बन्दसूची बनाउने जिम्मेवारी ओलीलाई दिइएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।

अध्यक्षले नेताहरूसँग आवश्यक परामर्शपछि बन्दसूची टुंगो लगाएर सोमबार निर्वाचन आयोगमा पेश गर्ने निर्णय गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार