काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको नाम जाजरकोटबाट सिफारिस भएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि लिङ्देनको नाम जाजरकोटबाट उम्मेदवार सिफारिस भएको हो । राप्रपा जाजरकोट अध्यक्ष कृष्णविक्रम शाहसहित प्रत्यक्षतर्फ लिङ्देनका सिफारिस गरिएको हो ।
समानुपातिक तर्फ खस आर्य पिछडिएको क्षेत्रबाट दीपक खनाल र अमर खनाललाई सिफारिस गरिएको छ । यस्तै, महिला पिछडिएको क्षेत्रबाट पशुपतिकुमारी शाहीको नाम सिफारिस भएको छ ।





