काठमाडौँ : सोमबार छापावाल सुनको मूल्य ६ सय रुपैयाँले घटेको छ ।
आइतबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७० हजार ६ सय रूपैयाँ कायम भएकोमा आज ६ सय रुपैयाँले घटेर २ लाख ७० हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ८ सय ३५ रूपैयाँ कायम भएकोमा आज ६० रूपैयाँले बढेर ४ हजार ८ सय ९५ रूपैयाँ कायम भएको छ ।





