प्रहरी प्रधान कार्यालयका प्रहरी परिचरको मृत्यु

२०८२ पुष १४, सोमबार

काठमाडौँ : प्रहरी प्रधान कार्यालयमा कर्यारत प्रहरी परिचरको आज विहान मृत्य भएको छ ।

काठमाडौँको बुद्धनगर बस्दै आएका उदयपुरका प्रहरी परिचर बलबहादुर थापा मगरको आज विहान मृत्य भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरक्षिक पनकुमार भट्टराईले जानकारी दिए ।

आज विहान थापाकी श्रीमतीले कोठाभित्र घाँटीमा पासो लागेको अवस्थामा भेटेपछि उद्धार गरी एभरेष्ट अस्पताल पुर्याएकी थिइन् । चिकित्सकले तत्कालै थापालाई मृत घोषणा गरेको प्रवक्ता पवन भट्टराईले जानकारी दिए ।

उनको मृत्युबारे अनुसन्धान भइरहेको र अन्य आवश्यक प्रक्रिया अघि बढाइएको उनले बताए ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार