भीम रावलसहित ८ उम्मेदवार अछाम–१ बाट सिफारिस

२०८२ पुष १४, सोमबार

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट डा. भीम रावलसहित ८ जनाको नाम सिफारिस गरेको छ ।

त्यस्तै डा. रावलसहित मदन भुल, कुलबहादुर कुँवर, लोक बहादुर बोहरा ज्वाला, शिव सुन्दर शाही, सरस्वती रावल,नवयुवाबाट चन्द्र भण्डारी र पुष्प साउदको नाम सिफारिस गरिएको छ ।

डा. रावललाई नेकपा एमालेले कारबाही गरेपछि मातृभूमि जागरण अभियान सञ्चालन गरेका थिए । तत्कालीन माओवादी र एकीकृत समाजवादी पार्टीबिच एकीकरणसँगै डा. रावलले मातृभूमि जागरण अभियानलाई पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल सम्मिलित नेपाली कम्युनिस्ट पार्टीमा समाहित गरेका थिए ।

मदन भुल अनेरास्ववियू क्रान्तिकारीका निवर्तमान केन्द्रीय उपाध्यक्ष र अखिल क्रान्तिकारी केन्द्रीय अध्यक्षका उम्मेदवार थिए ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका डा. रावलले अछाम निर्वाचन क्षेत्र नं.१ बाट २०५१, २०७० र २०७४ सालमा निर्वाचित भएका थिए ।

२०७९ सालमा अछाम निर्वाचन क्षेत्र नं.१ बाट एकल सिफारिस भएपनि एमाले अध्यक्ष केपी शर्मा ओलीले झपट बोहरालाई टिकट दिएका थिए ।

अघिल्लो निर्वाचनमा अछाम निर्वाचन क्षेत्र नं.१ बाट तत्कालीन एकीकृत समाजवादीका नेता शेरबहादुर कुँवर विजयी भएका थिए । यहाँ २०६४ सालदेखि कम्युनिस्ट पार्टीले जित्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार