निर्वाचनको वातावरण बनाउन सञ्चारमन्त्री खरेलको आग्रह

२०८२ पुष १५, मंगलवार

गोरखा : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई निर्वाचनको वातावरण बनाउन आग्रह गरेका छन् ।

सोमबार गोरखामा भएको भेटमा मन्त्री खरेलले निर्वाचन गराउन मुख्यमन्त्रीको दोहोरो भूमिका रहने भएकाले दुवै भूमिकाको भरपुर प्रयोग गरी निर्वाचनको वातावरण बनाउन आग्रह गरेका हुन् ।

मन्त्री खरेलले मुख्यमन्त्री पाण्डेलाई भने, “सरकारको तर्फबाट पनि र एक जिम्मेवार राजनीतिक पार्टीको केन्द्रीय नेताको तर्फबाट पनि कुनै कञ्जुस्याइँ नगरी दुवै भूमिका निर्वाह गर्नुहुन मेरो विनम्र अनुरोध छ ।” साथै उहाँले निर्वाचन हुनेमा कुनै पनि शङ्का र प्रश्न नरहेको पनि स्पष्ट परे ।

“आज सबै पार्टीले समानुपातिक उम्मेदवारको बन्द सूची पेस गरेपछि निर्वाचन हुन्छ कि हुन्न होला भन्ने प्रश्न समाप्त भएको छ”, उनले भने, “हामी निर्धारित मितिमा निर्वाचन गरेर जतिसक्दो चाँडो राजनीतिक दलको नासो राजनीतिक दललाई नै बुझाउन आतुर छौँ ।”

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफू पनि पहिल्यैदेखि निर्वाचनको पक्षमा रहेको स्पष्ट पारेका थिए । “म त पहिल्यैदेखि निर्वाचनको पक्षमा थिएँ । अहिले वातावरण सकारात्मक बनिरहेको छ । यो खुसीको कुरा हो”, उनले भने , “यो सरकारले पनि अलि जिम्मेवार भएर काम गर्नुपर्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार