काठमाडौँ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले चुनावी सरकारका मन्त्रीलाई पार्टीको उपसभापति बनाउनु कति उचित हो भन्दै प्रश्न उठाएका छन्।
उर्जामन्त्री कुलमान घिसिङलाई राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति बनाएलगत्तै उनको यस्तो प्रतिक्रिया आएको हो।
‘वैकल्पिक शक्तिको दाबी गर्नेहरूले गैर दलीय चुनावी सरकारका मन्त्रीलाई राजीनामा नदिई उपसभापति बनाउनु—कति उचित हो ?, उनले सामाजिक सञ्जालमा लेखेका छन्।






