कञ्चनपुरमा खैरो हिरोइनसहित एक जना पक्राउ

२०८२ पुष १६, बुधबार

कञ्चनपुर : कृष्णपुर नगरपालिका–५ पवित्र बस्तीस्थित डेरा गरी बस्ने २९ वर्षीय कर्णबहादुर बोहरालाई लागुऔषध खैरो हिरोइनसहित प्रहरीले मंगलबार पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा प्रहरीले बोहरालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार डडेल्धुराको आलिताल गाउँपालिका–७ भाँडी स्थायी घर भएका बोहराले कोठाभित्रै लागुऔषधको कारोबार गरिरहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय गुलरिया र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कैलालीको संयुक्त टोली परिचालन गरिएको थियो ।

प्रहरी टोलीले बोहराको कोठामा खानतलासी गर्दा लुकाइछिपाई राखिएको अवस्थामा दुई ग्राम ८४० मिलिग्राम लागुऔषध खैरो हिरोइन फेला पारेको छ । पक्राउ परेका बोहरालाई नियन्त्रणमा लिई लागुऔषध नियन्त्रण ऐनअन्तर्गत आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । लागुऔषधको कारोबारमा संलग्न हुनसक्ने अन्य व्यक्तिहरूको बारेमा पनि सोधपुछ र खोजी भइरहेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार