रूख-सूर्य मिलेपछि चुनाव लडे भइहाल्यो नि ! : गोकुल बास्कोटा

२०८२ पुष १६, बुधबार

काठमाडौं :  एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले नेपाली कांग्रेस र एमाले मिलेर चुनावमा जानुपर्ने प्रस्ताव राखेको भोलिपल्टै पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले कडा प्रतिवाद गरेका छन् ।

बास्कोटाले बुधबार सामाजिक सञ्जालमार्फत उपाध्यक्ष बादलको नाम नलिईकन, तर स्पष्ट संकेत गर्दै ‘शक्तिशाली’ भनिने नेताहरूले नै पटक-पटक समानुपातिक कोटा ओगटेको भन्दै रोष प्रकट गरे । मंगलबार अध्यक्ष केपी शर्मा ओलीसामु बादलले राखेको ‘रुख र सूर्य’ मिल्नुपर्ने प्रस्तावलाई व्यंग्य गर्दै बास्कोटाले भनेका छन्, ‘रुख र सूर्य मिलेर जाने हो भने चुनाव लडे भइहाल्यो नि !’

उनले भनेका छन् – पुरुष नेताहरूले आरक्षणको कोटा कब्जा गर्नु समावेशिताको सिद्धान्तविपरीत रहेको औंल्याउँदै भनेका छन्, ‘समावेशिताकै बेइज्जत नगर, त्यो पनि पुरुषले !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार