काठमाडौँ : सुर्खेतको वीरेन्द्रनगरको जंगलमा युवायुवती मृत फेला परेका छन् ।
वीरेन्द्रनगर नगरपालिका–४ को शहीद पार्क नजिकै जंगलमा युवा युवती मृत अवस्थामा भेटिएका हुन् । उनीहरूको पहिचान खुलिसकेको छैन । आज बिहान मर्निङ वाकमा गएका स्थानीयहरूले शवलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
उनीहरूको शव एकसाथ नरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।








