राष्ट्रियसभाको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

२०८२ पुष १६, बुधबार

गण्डकी : राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि गण्डकी प्रदेशमा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । पोखराको पार्दीमा रहेको प्रदेश निर्वाचन कार्यालय परिसरभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन कार्यालका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।

गण्डकी प्रदेशमा रिक्त हुन लागेका दुई सदस्य पदका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ । गण्डकी प्रदेशमा महिला र अन्य क्लस्टरतर्फ निर्वाचन हुने उनले जानकारी दिए । उनका अनुसार यही पुस १९ गते मतदाता नामावली सार्वजनिक गर्ने र पुस २३ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने तालिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार