दिगो शान्ति बिना समृद्धि सम्भव छैन : उपसभापति अर्याल

२०८२ पुष १६, बुधबार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डिपी अर्यालले दिगो शान्ति बिना मुलुकमा समृद्धि सम्भव नहुने र समृद्धि बिनाको शान्ति स्थायी नहुने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आज यहाँ आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य—सामूहिक पहल’ कार्यक्रममा अर्यालले सबै क्षेत्रको सहकार्यबाटै शान्ति र समृद्धि सम्भव रहेको बताए । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनमा युवाले भष्ट्राचार नियन्त्रण, स्वदेशमा रोजगारी र सुशासनका लागि आवाज उठाएको उल्लेख गर्दै उनले उद्यमशीलता, नवप्रवर्तन र रोजगारी सिर्जनामा युवाको भूमिका निर्णायक हुने बताए ।

हालैका राजनीतिक तथा सामाजिक घटनाक्रमले निजी क्षेत्र नराम्रोसँग प्रभावित भएकोसमेत उनको भनाइ थियो । “आन्दोलनको क्रममा ठूलो क्षति भयो । निजी र व्यावसायिक सम्पत्तिमा आघात पुगेको देखिन्छ । निजी क्षेत्रलाई करिब रु ८० अर्ब बराबरको क्षति भएको अनुमान गरिएको छ । यो निजी क्षेत्रका लागि अत्यन्तै दुःखद पक्ष हो”, उनले भने ।

नीतिगत स्थिरता, प्रशासनिक सहजता, कर तथा व्यापार नियम सरलीकरण र दीर्घकालीन योजना कार्यान्वयनलाई आर्थिक समृद्धिको पूर्वशर्त रहेको उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार