काठमाडौं : सिन्धु विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश देवकोटाले पुस ९ गते व्यक्तिगत कारण देखाउँदै दिएको राजीनामा बैंकको सञ्चालक समितिले स्वीकृत गरेको छ।
सञ्चालक समितिको पुस १५ गते बसेको बैठकले देवकोटाको राजीनामा माघ १ गतेदेखि लागु हुने गरी अनुमोदन गरेको बैंकले जानकारी दिएको छ।
देवकोटाले करिब ३ वर्ष बाँकी कार्यकाल रहँदा व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका हुन् । २० वर्षभन्दा लामो बैंकिङ अनुभव भएका देवकोटा नेपाल बैंक लिमिटेडबाट करियर सुरु गरेर नेपाल बंगलादेश बैंक र नबिल बैंकको प्रमुख लगानी अधिकृतको रूपमा काम गरिसकेका छन्। उनी नबिल स्टक डिलरका संस्थापक प्रमुख कार्यकारी अधिकृत पनि रहिसकेका छन्।
सिन्धु विकास बैंक सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, दोलखा, मकवानपुर र चितवनमा कार्यरत क्षेत्रीय स्तरको विकास बैंक हो र हाल २६ शाखा कार्यालयमार्फत सेवा दिइरहेको छ।








