काठमाडौं : आफूलाई जेनजी भन्दै सरकारी कार्यालयमा कर्मचारीलाई धम्क्याउँदै पुग्ने गरेका अर्जुनबहादुर शाही फेरि पक्राउ परेका छन् ।
उनलाई प्रहरीले काठमाडौंको ठमेलस्थित कालधाराबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।उनलाई बैंकिङ कसुर आरोपमा प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध ११ लाखको बैंकिङ कसुर र ८ तोला बराबरको सुन ठगी गरेको आरोप छ ।
शाही यसअघि पनि विभिन्न अपराधिक मुद्दामा फरार देखिएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको थियो । पछिल्लोपटक उनी काठमाडौंको कोटेश्वरबाट पक्राउ परेका थिए । पछि उनी धरौटीमा रिहा भएका थिए ।







