काठमाडौं : राप्रपा र राप्रपा नेपालबीच एकीकरणपछि राप्रपाको अध्यक्ष राजेन्द्र लिङदेन पार्टीको केन्द्रीय अध्यक्ष हुने सहमति भएको छ ।
दुवै पार्टीबीच बुधबार भएको सहमतिअनुसार राप्रपाको एकता महाधिवेशनबाट पारित विधान पार्टीको विधान हुनेछ ।
एकीकरणपश्चात् राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाव चिह्न (हलो) र झन्डा नै कायम हुनेछ ।








