सशस्त्रका डीएसपी प्रकाश कोइरालाको मृत्यु

२०८२ पुष १७, बिहीबार

काठमाडौं : सशस्त्र प्रहरी बलका डीएसपी प्रकाश कोइरालाको मृत्यु भएको छ । कोइराला इलामको पशुपतिनगर गुल्ममा कार्यरत डीएसपी हुन् ।

बुधबार उनी सीमावर्ती क्षेत्र मानेभञ्ज्याङमा पेट्रोलिङ गरेर फर्किएका थिए । उनी फर्कनासाथ कार्यालयमै ढलेका थिए । लगत्तै हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो । साँझ ६ बजे एपीएफ अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

कोइराला एक महिना अघिमात्रै इन्चार्ज भएर पशुपतिनगरमा सरुवा भएका थिए । चिकित्सकका अनुसार, उनलाई हृदयाघात भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार