काठमाडौं : माघे संक्रान्तिबाट प्रदर्शनमा आउने फिल्म ‘भाईरल गोर्खे’को ट्रेलर सार्वजनिक गरिएको छ ।
बुधवार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच सिनेमाको ३ मिनेट ५५ सकेण्ड लामो ट्रेलरले कथावस्तुबारे जानकारी दिन्छ ।
सामाजिक सञ्जालमा भाईरल बन्न मुख्य पात्र सौगात मल्ल (गोर्खे)ले गर्ने सङ्घर्ष र अनौठा हर्कतको कथा सिनेमाभित्र समेटिएका छन् । यो सिनेमामा सौगातले अभिनेत्री सृष्टि श्रेष्ठसँग जोडी बाँधिएको छ । ‘भाइरल गोर्खे’को रोचक र मर्मस्पर्शी ट्रेलरले दर्शकमाझ सिनेमाप्रति उत्साह पैदा गर्न सफल हुने देखिन्छ ।
एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण भएको सिनेमामा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला रवि भुजेल र मिस पवीको अभिनय रहेको छ । अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवल जङ्ग कुँवर निर्माता रहेको सिनेमाका सह-निर्माता निर्भाना फिल्म स्कुल, भुवन अधिकारी र निखिल पौडेल हुन् ।
अमर महर्जनको सिनेमाटोग्राफी रहेको सिनेमालाई लम्जुङको भुजुङ गाउँ, गोरखा र चितवनमा खिचिएको हो । ‘भाइरल गोर्खे’को वितरक सुनिल मानन्धर, द्वन्द निर्देशक श्री श्रेष्ठ, एडिटर बन्दे प्रसाद, रवि चौधरी, भीम विश्वकर्मा हुन ।








