काठमाडौँ : गायक राजेश पायल राईको स्वर रहेको गीत ‘जुनसँग के दाँजौँ र’ सार्वजनिक गरिएको छ ।
कलाकार भुवन लोहनीको शब्द तथा दीपक शर्माले सङ्गीत संयोजन गीतमा छ । गीतको भिडियोमा गीतकार लोहनी र अर्बिशा थापाको अभिनय छ । लमजुङको घले गाउँलाई पृष्ठभूमिमा राखेर छायाङ्कन भएको भिडियोको निर्देशन तथा कोरियोग्राफी सुरेन्द्र बस्नेतले गरेका छन् ।
कृष्णबहादुर थापाको छायाङ्कन रहेको भिडियोमा नहकुल खड्काको सम्पादन छ ।








