अहिले म चुनावमा उठ्न आवश्यक छैन : दुर्गा प्रसाईं

२०८२ पुष १८, शुक्रबार

काठमाडौं : राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले निर्वाचनमा उम्मेदवारी नदिने प्रस्ट पारेका छन्।

बिहीबार प्रधानमन्त्रीसँगको छलफलपछि सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै प्रसाईंले चुनावमा आफूलाई कुनै रुचि नभएको प्रतिक्रिया दिएका हुन्।

‘म चुनावमा उठ्ने मान्छे होइन, अहिले म चुनावमा उठ्न आवश्यक छैन। मलाई चुनावमा इन्ट्रेस्ट नै छैन,’ उनले भने।

प्रसाईंले आफूहरूको प्रस्तावमा आइतबार हस्ताक्षर गरेर सोमबार क्याबिनेटमा लैजान प्रधानमन्त्री सुशीला कार्की सकारात्मक रहेको बताउँदै अन्यथा आन्दोलन गर्ने चेतावनी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार