काठमाडौं : पाँचथरमा मोटरसाइकल दुर्घटना हुँदा एक यवकको मृत्यु भएको छ।
राँके रवि सडक खण्डमा पर्ने धोद्रेमा बिहीबार साँझ बा.९९प ८८०१ नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा इलामको फाकफोकथुम–४ का ३३ वर्षीय सुवास सारु मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
सप्तमीदेखि रवितर्फ जाँदै गर्दा मोटरसाइकल दुर्घटनामा मोटरसाइकलमा सवार काशीनाथ मगर भने सामान्य घाइते भएका छन्।








