६ बुँदे सम्झौतापछि तोडियो निकोलस भुसालको अनसन

२०८२ पुष १९, शनिबार

काठमाडौं : सरकारले अनसनरत डा. निकोलस भुसाल र हरिश विष्टसँग ६ बुँदे सम्झौता गरेको छ ।

६ बुँदे सहमतिसँगै डा निकोलस भुसाल र हरिश विष्टको अनसन तोडिएको छ । सरकार र अनसनरत दुई भुसाल र विष्टसँगको सहमतिसँगै ११ दिन अनसन तोडिएको हो । सहमतिपत्रमा डा भुसाल, विष्ट र सरकारका तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालले हस्ताक्षर गरेका छन् ।

सहमतिपत्रमा हस्ताक्षर भएसँगै प्रधानमन्त्री सुशीला कार्कीले दुवै जनालाई बालुवाटारमा जुस खुवाएर अनसन तोडाएकी हुन् ।

सरकारलाई खबरदारी गर्दै उनीहरू अनसन बसेका थिए । जेन-जी आन्दोलनमा गोली चलाउनेलाई कारबाही गर्नुपर्ने, आन्दोलनमा पक्राउ परेकाको रिहा हुनुपर्ने, भ्रष्टाचारको छानबिन गरी कारबाही गर्नुपर्ने, विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिनुपर्नेसहित विभिन्न माग राखेर ११ दिनदेखि अनसन बसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार