कैलाली-४ बाट एमाले उपमहासचिव भट्ट एकल सिफारिस

२०८२ पुष १९, शनिबार

धनगढी : नेकपा एमालेका केन्द्रीय उपमहासचिव लेखराज भट्टको नाम कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट एकल सिफारिस गरिएको छ ।

शुक्रबार बसेको एमाले क्षेत्र नम्बर ४ को क्षेत्रीय समन्वय कमिटी बैठकले प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि भट्टको नाम एकल सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको हो ।

क्षेत्रीय समन्वय कमिटीका अध्यक्ष गणेश जिमि साउँदले भट्टको नाम एकल सिफारिस गर्ने निर्णय सर्वसम्मतका साथ गरिएको जानकारी दिए । उनकाअनुसार क्षेत्रीय समन्वय कमिटीले पार्टीको जिल्ला कमिटीलाई सिफारिस गरेको हो ।

अब जिल्ला कमिटीले निर्णय गरेर प्रदेश कमिटी र प्रदेशले केन्द्रीय कमिटीलाई सिफारिस गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार