भिजन नभएकाहरूले चुनाव जित्नु हुँदैन : हर्क साम्पाङ

२०८२ पुष २०, आईतवार

काठमाडौं : धरान उपमहानगरपालिकाका प्रमुख एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भिजन नभएका र ठगी धन्दामा मुछिएकाहरूले चुनाव जित्नु नहुने बताएका छन्।

शनिबार सामाजिक सञ्जाल र भिडियो सन्देशमार्फत् आफ्ना धारणा सार्वजनिक गर्दै अध्यक्ष साम्पाङले नयाँ र वैकल्पिक शक्तिका नाममा बनेको पछिल्लो राजनीतिक समीकरणप्रति आक्रोश पोखेका हुन्।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) र ऊर्जामन्त्री एवं उज्यालो नेपाल पार्टीका संयोजक कुलमान घिसिङबीचको सहकार्यलाई ‘ठगहरूको गठबन्धन’ को संज्ञा दिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार