काठमाडौं : रोल्पामा राष्ट्रपति रनिङ सिल्ड खेलेर फर्किँदै गर्दा जिप दुर्घटना हुँदा दुई विद्यार्थीको मृत्यु भएको छ।
पूर्वी रोल्पाको सुनछहरी गाउँपालिका-१ सेरमबाट नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी लिएर सोही पालिकाको वडा न. ४ स्युरीतर्फ जाँदै गरेको ग १ ज ६६६६ नम्बरको बोलेरो जिप राती १० बजेतिर अनियन्त्रित भई दुर्घटना भएको थियो।
उक्त दुर्घटनामा सुनछहरी गाउँपालिका वडा नम्बर ४ स्युरीका १२ बर्षिया दिपा पुन र १२ वर्षीय सुनिल बिकको मृत्यु भएको रोल्पा प्रहरीले बताएको छ। प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा ल्याइएका उनीहरूलाई चिकित्सकले मृतक घोषणा गरेका हुन्।
उक्त घटनामा नौ जना विद्यार्थी गम्भीर घाइते भएका छन्।





