काठमाडौँ : आइतबार छापावाल सुनको मूल्य २ हजार १ सय रुपैयाँले घटेको छ ।
शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६२ हजार ५ सय रूपैयाँ कायम भएकोमा आज २ हजार १ सय रुपैयाँले घटेर २ लाख ६० हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५ सय २५ रूपैयाँ कायम भएकोमा आज २५ रुपैयाँले घटेर ४ हजार ५ सय रूपैयाँ कायम भएको छ ।
महासंघका अनुसार आइतबार प्रति १० ग्राम सुनको मूल्य २ लाख २३ हजार २५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३ हजार ८५८ रुपैयाँमा कारोबार भईरहेको छ ।









