दैलेख २ मा एमालेबाट विष्णु रिजाल सिफारिस

२०८२ पुष २०, आईतवार

काठमाडौँ : नेकपा एमालेका नेता विष्णु रिजाल सर्वाधिक मत सहित दैलेख क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस भएका छन् ।

एमालेको निर्वाचन क्षेत्र नम्बर २ समन्वय कमिटीको शनिवार जम्बुकाँधमा सम्पन्न बैठकबाट रिजाल उम्मेदवारका लागि छनोट भएका हुन् । क्षेत्र नम्बर २ बाट उम्मेदवारका लागि रिजाल सहित पूर्व सांसद लक्ष्मीप्रसाद पोखरेल, राजबहादुर बुढा, राजबहादुर शाही र अमृता बोहरा आकांक्षी थिए । जसमा आकांक्षी अमृता बाहेक चार जना बिच उम्मेदवार छनोटको चुनावी प्रतिस्पर्धा नै भएको थियो ।

उक्त चुनावी प्रतिस्पर्धामा रिजालले ६७, लक्ष्मीप्रसाद पोखरेल ६६, राजबहादुर शाही ६१ र राजबहादुर बुढाले ५० मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार