सुदन किराती भोजपुर र सुनसरी–१ बाट सिफारिस

२०८२ पुष २०, आईतवार

काठमाडौँ : प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) अध्यक्ष परिषद्का अध्यक्ष सुदन किराती भोजपुर–१ र सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि किराती दुई क्षेत्रबाट सिफारिस भएका हुन् ।

प्रलोपा जिल्ला समितिले किरातीको नाम सिफारिस भएको उनले स्वीकार गरेका छन् । २०७९ सालको निर्वाचनमा भोजपुर १ मा तत्कालीन नेकपा माओवादी केन्द्रबाट उनी निर्वाचित भएका थिए । कात्तिक १९ गते माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहित १० घटकबिच एकता भएपछि किराती प्रलोपातिर लागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार