प्रस्ताव आए निर्वाचनमा सहकार्य गर्न सकिन्छ : नेपाल

२०८२ पुष २०, आईतवार

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मिलेर अगाडि बढ्न सकिने बताएका छन् ।

आइतबार नेपाली कम्युनिष्ट पार्टी धनकुटाले आयोजना गरेको पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै सहसंयोजक नेपालले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपश्चात् पछिल्लो राजनीतिक घटनाक्रमले आगामी चुनावमा चुनौती रहेकाले प्रस्ताव आए ठूला दलसँग मिलेर अगाडि बढ्न तयार रहेको बताएका हुन् ।

त्यसका लागि निर्णायक दुई ठूला दलको भूमिका रहेको बताउँदै उनले त्यसका लागि आफू तयार रहेको बताए । तर एउटा जता ढल्यो त्यतै जानेभन्दा पनि सबैलाई सहज ढङ्गले एकबद्धता भएर अगाडि लिएर बढ्दा उचित हुने उनको सुझाव छ। अरेका भरमा सत्यतथ्य नबुझी हाहा र हुहुको भरमा अगाडि जान खोज्नुभन्दा बुझेर राजनीतिमा पाइला चाल्नु उचित रहेको बताउँदै उनले आफ्नो पार्टी एकतामा लागेको बताए ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको माग जायज थिए, तर घुसपैठका कारण देशको स्थिति भयानक भएको उनले भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार