काठमाडौँ : कमेडियन रुपेश रेग्मीले ब्वाइफ्रेण्ड-गर्लफ्रेन्ड कमेडी सर्ट फिल्म सार्वजनिक गरेका छन् ।
अंग्रेजी नयाँ वर्षको अवसर पारेर रेग्मीको लेखनमा कमेडी भिडियो आफ्नै युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याएका हुन् । दैनिक जीवनमा देखिने प्रेम सम्बन्धको रोचक र हास्य पक्षलाई समेटिएको यस सर्ट फिल्ममा रुपेश रेग्मी स्वयंसँगै बिपाशा राई र सरिष्मा घिमिरेले अभिनय गरेका छन् ।
फिल्मको निर्देशन रोमन बस्नेतले गरेका छन्। सर्ट फिल्मको कथा तथा संवाद रुपेश रेग्मीले लेखेका हुन् भने सहायक लेखकका रूपमा सबिन बुढाथोकी रहेका छन् । क्यामेराको जिम्मेवारी जितेन्द्र खड्काले सम्हालेका छन् र सहायक क्यामेरामा प्रह्लाद नेपाल छन् ।
सम्पादन अश्विन अधिकारीले गरेका हुन्। रोजन तामाङले निर्माण गरेको सरल र मनोरञ्जनात्मक ढङ्गले प्रस्तुत गरिएको यस सर्ट फिल्मलाई दर्शकले रुचाउने अपेक्षा गरिएको छ।





