सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

२०८२ पुष २१, सोमबार

काठमाडौँ : सोमबार छापावाल सुनको मूल्य ४ हजार ६ सय रूपैयाँले बढेको छ ।

आइतबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ४ सय रूपैयाँ कायम भएकोमा आज ४ हजार ६ सय रूपैयाँले बढेर २ लाख ६५ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५ सय रूपैयाँ कायम भएकोमा आज १८५ रुपैयाँले बढेर ४ हजार ६ सय ८५ रूपैयाँ कायम भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार