केपी शर्मा ओलीमाथि लगाइएको स्थानहद फुकुवा

२०८२ पुष २१, सोमबार

काठमाडौँ : भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको विदेश भ्रमण रोक्का तथा काठमाडौँ उपत्यका नछाड्न दिएको निर्देशन फुकुवा गरेको छ।

आयोगले आज २०८२ पुस २१ गते सोमबार बसेको बैठकबाट उक्त निर्णय गरेको हो। आयोगद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, भदौ २३ र २४ गते भएका घटनाको छानबिन तथा जाँचबुझको सिलसिलामा अनुसन्धानको दायरामा रहेका तत्कालीन प्रधानमन्त्री ओलीलाई यसअघि विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृति बिना काठमाडौँ उपत्यका नछाड्ने व्यवस्था गरिएको थियो।

तर घटनासम्बन्धी अनुसन्धानका क्रममा पूर्वप्रधानमन्त्री ओलीसँग सोधपुछ लगायतका आवश्यक प्रक्रिया सम्पन्न भइसकेकाले विदेश भ्रमण तथा उपत्यका नछाड्ने निर्णयको औचित्य समाप्त भएको ठहर गर्दै आयोगले उक्त प्रतिबन्ध फुकुवा गरेको जनाएको छ।

आयोगले सम्बन्धित निकाय तथा स्वयं पूर्वप्रधानमन्त्री ओलीलाई यस निर्णयबारे जानकारी दिइसकेको समेत उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार