विद्यार्थी बोकेको बस सडकमै पल्टियो, ७ विद्यार्थी घाइते

२०८२ पुष २१, सोमबार

काठमाडौं : कपिलवस्तुको मायादेवी गाउँपालिका– ३ मा स्कूल बस दुर्घटना हुँदा ७ विद्यार्थी घाइते भएका छन् ।

पालिकाको बर्सौलीस्थित फूलिका बर्सौली भित्री सडक खण्डमा सोमबार सनलाइट इङ्लिस बोर्डिङ स्कूलको लु १ क ५७२२ नं. को  बस पल्टिएर उत्तानो परेको थियो । दुर्घटनामा घाइते भएकाहरूको अवस्था सामान्य  रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा प्रास्नु पाल, अनिता बराई, विशेष थारू, अमन यादव, सुदीप यादव, आइसा भट्टराई, गुन्जा कहार घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार