कारको ठक्करको ड्युटीमा रहेका ट्राफिक प्रहरीको मृत्यु

२०८२ पुष २१, सोमबार

काठमाडौं : बुटवलको रामनगरमा कारको ठक्करc ड्युटीमा रहेका ट्राफिक प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ ।

सोमबार साँझ बुटवलको रामनगरमा कारले ठक्कर दिँदा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलमा कार्यरत ट्राफिक प्रहरीका सहायक हवल्दार नागेश्वर पालको मृत्यु भएको हो ।

ड्युटीमा रहेका पालललाई बुटवलतर्फ आउँदै गरेको बागमती प्रदेश १- ०३३- च ००७७ नम्बरको टोयटा कारले ठक्कर दिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी निरीक्षक कमल क्षेत्रीले बताए । ठक्करबाट गम्भीर घाइते भएका पालको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए ।

ठक्कर दिने कार र चालक गुल्मी रेसुङ्गा नगरपालिका १ का ५६ वर्षिय दीपेन्द्रसिंह थापा लाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार