काठमाडौं : लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपाल अन्तर्गत रहेको लायन्स क्लब अफ काठमाडौं अटो सोसियल फ्रेन्ड्सले नुवाकोट विकट पंचकन्या गाउँपालिका ४ अन्तर्गत थप्रेकस्थित श्री भूमेस्थान आधारभूत विधालयका विधार्थीहरुलाई क्लवकी अध्यक्ष क्रिष्टिना ताम्राकार र सचिव नारायण बस्नेतले (जन्मदिनको अवसरमा) न्यानो कपडाहरु, स्टेशनरीका सामग्रीहरु तथा जुत्ताहरु सहयोग गरिनुका साथैं स्थानीय बालबालिकाहरु तथा गाउँलेहरुलाई न्यानो कपडाहरु समेत वितरण गरिएको डिष्ट्रिक चिफ कर्पोरेट कम्युनिकेशन लायन रोशनकुमार श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा बोल्दैं वरिष्ठ कलाकार श्याम राईले लायन्स क्लबको यस्तो कार्य निकैं प्रशंसनीय रहेको बताउँदै विगतका दिन सम्झदैं हिरो बन्दाको क्षणबारे आफ्नो अनुभव सुनाए ।
गोर्खा इको प्यानल, मोटो इन्जिनियरिङ लगायतका अन्य संघ, संस्थाहरुले पनि स्कुललाई प्राथमिक उपचारका सामानहरु र विधार्थीहरुलाई स्टेशनरीका सामग्रीहरु सहयोग गरेको थियो ।

उक्त कार्यक्रमको सर्बै व्यवस्थापन निकैं चर्चित नेपाली टेलिसिरियल हर्के हवल्दारका निर्देशक इन्द्र तामाङ, खम्बेले मिलाएका थिए भने टेलिसिरियलका सबैं कलाकारहरुको उपस्थिती रहेको र सबैंको सहयोगले निकैं रमाईलो अनि कार्यक्रम सफल भएको लायन्स क्लवकी अध्यक्ष क्रिष्टिना ताम्राकारले बताइन ।





