काठमाडौं : नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलसँग तालमेल गर्ने औपचारिक निर्णय गरेको छ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा मंगलबार सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो।
‘२०८२ माघ ११ गते आइतबारका दिन हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले अन्य राजनीतिक दलहरूसँग तालमेल गरी निर्वाचनमा जाने निर्णय गर्दछ,’ कांग्रेसको निर्णयमा भनिएको छ।






