व्यापार घाटा घटाउन निर्यातमा जोड दिनुपर्छ : उद्योगमन्त्री सिन्हा

२०८२ पुष २३, बुधबार

काठमाडौँ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले व्यापार घाटा घटाउन निर्यातमा जोड दिनुपर्ने बताएका छन्।

नेपाल निर्यात परिषद्को २८औँ वार्षिक साधारणसभा एवं १०औँ निर्यात दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले विदेशी मुद्रा भित्र्याउनका लागि निर्यात बढाउनुपर्नेमा जोड दिए । उद्योगमन्त्री सिन्हाले सरकारले निर्यात प्रवर्द्धन गर्नका लागि प्रयत्न गरेपनि सन्तुष्ट हुन नसकेको बताए । निर्यात क्षेत्रमा देखिएको समस्या समाधानका लागि सरकार तयार रहेको उनको भनाइ थियो ।

निर्यातलाई प्रोत्साहन गर्नका लागि कार्यविधि तयार गरी अन्तिम चरणमा रहेको उनको भनाइ छ । निर्यात परिषद्का अध्यक्ष नरेशलाल श्रेष्ठले विदेशी मुद्रा भित्र्याउने निर्यातजन्य वस्तुमा सरकारले दिइरहेको नगद अनुदान रोकिँदा व्यवसायीहरु मर्कामा परेको बताए । उनले नगद अनुदान रोक्ने सरकारको निर्णय तत्काल सच्याउन मागसमेत गरे ।

नेपालबाट आर्थिक वर्ष २०८१/८२ मा रु दुई खर्ब ७७ अर्ब तीन करोड र चालू आवको चार महिनामा रु ९३ अर्ब ५० करोडको सामान विभिन्न मुलुक निर्यात भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार