काठमाडौँ–३ बाट उम्मेदवारी दिने कुलमानको तयारी

२०८२ पुष २३, बुधबार

काठमाडौँ : ऊर्जा, भौतिक र सहरी विकाससहित ३ मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङ काठमाडौँ–३ बाट चुनाव लड्ने तयारीमा जुटेका छन् ।

उज्यालो नेपाल पार्टी रास्वपामा मिसाउँदा उपाध्यक्ष बनेका उनी काठमाडौँ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको उम्मेदवार बन्नेगरी तयारीमा जुटेका हुन् । कुलमानका दाइ गणेश घिसिङले उनी काठमाडौँ क्षेत्र नम्बर–३ बाट निर्वाचन लड्ने तयारी गरिरहेको बताए । ‘काठमाडौँ निर्वाचन क्षेत्र नम्बर-३ बाट चुनाव लड्ने निश्चित जस्तै हो’, गणेशले भने ।

जेनजी आन्दोलनपछि घिसिङले आफ्नै संरक्षकत्वमा उज्यालो नेपाल पार्टी गठन गरेका थिए । पूर्व ऊर्जा सचिव अनुपकुमार उपाध्यायलाई अध्यक्ष राखेर गठन भएको उक्त पार्टी पुस दोस्रो साता रवि लामिछाने नेतृत्वको रास्वपासँग समाहित भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार