गण्डकीमा गठबन्धनबाट जगत र सम्झनाले गराए उम्मेदवारी दर्ता

२०८२ पुष २३, बुधबार

काठमाडौँ : राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकी प्रदेशमा गठबन्धनका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाली काँग्रेस-नेकपा एमाले गठबन्धनबाट काँग्रेसका जगत तिमिल्सिना र एमालेकी सम्झना देवकोटाले निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र एमाले सचिव खगराज अधिकारीको नेतृत्वमा उनीहरू मनोनयन दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालय पुगेका हुन् ।

राष्ट्रिय सभा चुनावमा काँग्रेस र एमालेबीच गठबन्धन गर्न सहमति भएको छ । सोही सहमति अनुसार तिमिल्सिना र देवकोटाले उम्मेदवारी दर्ता गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार