लप्सेफेदी जङ्गलमा बस दुर्घटना, २२ जना घाइते

२०८२ पुष २३, बुधबार

काठमाडौं : काठमाडौँको संखरापुर नगरपालिका वडा नम्बर–३ स्थित लप्सेफेदी जङ्गलमा बस दुर्घटना भएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, साँझ ५ बजेर ४५ मिनेटमा बा ४ ख ८७८८ नम्बरको बस दुर्घटनामा परेको हो । सडकबाट बस सय मिटर तल खसेर रुखमा अड्किएको र लगत्तै प्रहरी उद्धार गरेको एसपी भट्टराईले जानकारी दिए । उनका अनुसार, बसमा ३५ देखि ४० जना सवार थिए ।

नेचर हब भन्ने संस्थाका कर्मचारीहरू पिकनिकबाट फर्कंदा बस दुर्घटनामा परेको पनि उनले बताए । दुर्घटनामा घाइते भएकामध्ये २२ जनालाई विभिन्न अस्पतालमा पुर्‍याएको छ । साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल, नेपाल मेडिकल कलेज, अत्तरखेल लगायतका अस्पतालमा घाइतेको उपचार भइरहेको उनले बताए ।

घाइतेमध्ये २ जना गम्भीर रहेका छन् भने अन्यको अवस्था सामान्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार