सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छ : ओली

२०८२ पुष २४, बिहीबार

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले निर्वाचनका लागि अनुकूल वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको ३५औं स्थापना दिवसका अवसरमा बुधबारआयोजित कार्यक्रममा उनले निर्वाचनका लागि अनुकूल वातावरणको निर्माण सरकारले तयार गर्नुपर्ने बताए।

अध्यक्ष ओलीले मुलुकको राष्ट्रियता सुदृढ हुन नदिनका लागि शान्ति खलबलाउने प्रयास सङ्गठित रूपमा पटकपटक भएको तर्क गरे। मुलुक अशान्त भएपछि त्यसलाई बहाना बनाएर देशलाई कमजोर बनाउने शक्ति र तत्व बढी क्रियाशील हुन्छन्, उनले भने, त्यसकारण शान्ति सुव्यवस्था काम गर्न हामी सदैव ध्यान दिनुपर्दछ।

उनले एमाले देश, सुशासनप्रति जिम्मेवार भएकाले नेता तथा कार्यकर्ता एमालेप्रति जिम्मेवार हुनुपर्नेमा जोड दिए। अध्यक्ष ओलीले देश र जनताप्रति आफ्नो इमान सधैँ कायम नै रहने उल्लेख गरे।

सङ्गठनका अध्यक्ष विनोद पाण्डेले हरेक नपाली सिपाहीका रुपमा काम गर्नुपर्ने बताए। उनले सरकारले निर्धारित समयमा प्रतिनिधि सभाको निर्वाचन गराउनतर्फ ध्यान दिनुपर्ने बताए। उनले भूपु सैनिक र प्रहरीलाई उत्पादनमुलुक काममा सरकारले खटाउनुपर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार