काठमाडौँ : पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय शिक्षा नीति परिवर्तन गर्न आवश्यक रहेको बताएका छन्।
नेपाल राष्ट्रिय अभिभावक सङ्घको २४औँ स्थापना दिवसका अवसरमा बुधबार साउथवेस्र्टन कलेज वसुन्धरामा आयोजित कार्यक्रममा उनले अहिलेको युग सुहाउँदो शिक्षा मुलुकका लागि आवश्यक भएको भन्दै राष्ट्रिय शिक्षा नीति परिवर्तन गर्न आवश्यक रहेको बताए ।
मुलुकको हित हुने शिक्षा जरुरी रहेको र शिक्षा व्यवस्थालाई विकास गर्न धेरै कुरामा आमूल परिवर्तन गर्नुपर्नेमा उनको थियो । नेपाली कम्युनिष्ट पार्टी नेतासमेत रहेका पूर्वप्रधानमन्त्री खनालले देश जलाउनेलाई बाहिरै राखेर निर्वाचन हुन नसक्ने बताए । उनले जेनजी आन्दोलनका क्रममा सरकारी सम्पत्ति जलाउने अपराधीहरू भएको बताए ।
नेपाल राष्ट्रिय अभिभावक सङ्घका अध्यक्ष कोषबहादुर जिसीले मुलुकको शिक्षालाई गुणस्तरीय बनाउनका लागि अभिभावक सङ्घले सरकारको ध्यानाकर्षण गर्दै आइरहेको बताए । उनले देशभरका ८० लाख अभिभावक चाहना प्रविधिमूलक शिक्षामा जोड दिनुपर्छ भन्ने रहेको उल्लेख गरे ।
सङ्घका उपमहासचिव हरिभक्त महर्जनले सुलभ, सस्तो र निःशुल्क शिक्षा मुलुकको आवश्यकता रहेको बताए । उनले उत्पादनमूलक र रोजगारमूलक शिक्षामा राज्यले ध्यान दिनुपर्ने उल्लेख गरे ।





