कार्यकर्तालाई निर्वाचन केन्द्रित हुन मुख्यमन्त्री कँडेलको निर्देशन

२०८२ पुष २४, बिहीबार

सुर्खेत : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आगामी निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पक्षमा मतदान गराउन वडा–केन्द्रित भएर सक्रिय हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

बुधबार नेकपा एमाले कर्णाली प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले संसद् पुनःस्थापनासँगै पार्टीले निर्वाचनमा जाने निर्णय गरिसकेकाले अब वडा केन्द्रित भएर लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् । भदौ २३ र २४ पछि मुलुकको अवस्था सामान्य नरहेको उल्लेख गर्दे उनले भने, “देशलाई अस्थिर बनाउने प्रयास भइरहेको छ ।

यस्तो अवस्थामा जनताको पक्षमा स्पष्ट रूपमा बोल्ने पार्टी एमाले मात्रै हो भन्ने विषय हामीले जनतामाझ पु¥याउन सक्नु पर्दछ ।” पार्टीले समानुपातिकतर्फको सूची बुझाइसकेको भन्दै उनले पार्टी निर्वाचनमा होमिइसकेको स्पष्ट पारे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार