श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु

२०८२ पुष २५, शुक्रबार

गोरखा : गोरखामा श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ ।

पालुङटार नगरपालिका–३ बोगटीगाउँका २८ वर्षीय शङ्कर सुनारको कुटपिटबाट २१ वर्षीया श्रीमती अनुस्का परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । बिहिबार  बिहान ११ बजेतिर श्रीमान्को कुटपिटबाट घाइते भएकी अनुस्कालाई उपचारका लागि आँपपीपल अस्पताल पठाइएको तर अस्पतालले दिउँसो १ः४० बजे मृत्यु भइसकेको घोषणा गरेको प्रहरी निरीक्षक राजन लम्सालले बताए ।

“शङ्कर सुनारको कुटाइबाट बिहान ११ः३० श्रीमती अचेत अवस्थामा रहेको भन्ने सूचना हामीलाई १२ः२० बजे प्राप्त भयो”, उनले भने, “खबर पाउनासाथ घटनास्थल पुगी घाइतेलाई अस्पताल पु¥याउँदा अस्पतालले मृत्यु भइसकेको घोषणा ग¥यो ।” प्रहरीले शवको मुचुल्का गरी शव परीक्षणका लागि प्रदेश अस्पताल गोरखामा पठाएको उनले बताए ।

कुटपिट गर्ने शङ्कर सुनार पनि घाइते रहेको र उनको प्रदेश अस्पताल गोरखामा उपचार भइरहेको प्रहरी निरीक्षक लम्सालले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार