काठमाडौं : सोमबार छापावाल सुनको मूल्य ४ हजार १ सय रुपैयाँले बढेको छ ।
आइतबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७० हजार ६ सय रूपैयाँ कायम भएकोमा आज ४ हजार १ सय रुपैयाँले बढेर २ लाख ७४ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय ९० रूपैयाँ कायम भएकोमा आज २ सय ५ रूपैयाँले बढेर ५ हजार १ सय ९५ रूपैयाँ कायम भएको छ ।





