काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन पक्षले पार्टी फुटाउने प्रयास गरिरहेको आरोप लगाएका छन्। तर पार्टी फुट्ने सम्भावना नरहेको उनको दाबी छ ।
सोमबार बिहान आफ्नै निवासमा भेट्न आएका नेता-कार्यकर्तासँग देउवाले यस्तो धारणा राखेका हुन् । भेटका क्रममा उनले भने, ‘पार्टी फोड्ने प्रयास गरेका छन् तर पार्टी फुट्दैन । म विश्वस्त छु’ विशेष महाधिवेशन पक्षले बन्द सत्रबाट लिने निर्णयका आधारमा आफूले आवश्यक कदम चाल्ने उनको भनाइ छ।
संस्थापन पक्षकै केही नेताहरू आज बिहान देउवालाई भेट्न पुगेका थिए । सो क्रममा देउवाले विशेष महाधिवेशन वैधानिक नभएको स्पष्ट पारेको बताइएको छ।





