काठमाडौँ : डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २४औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
सेयरधनीहरूका लागि १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्दै लघुवित्तले सोमबार चितवनको सौराहामा साधारण सभा सम्पन्न गरेको हो । सभाले आब २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गर्दै सोही वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा अन्य नियमित एजेन्डा स्वीकृत गरेको छ।
सभाले सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बोनस वितरणपछि संस्थाको चुक्ता पुँजी रु. २ अर्ब ५ करोड ५१ लाख १४ हजार पुगेको कम्पनीले जनाएको छ। संस्थाका सञ्चालक समिति अध्यक्ष दीपक खनालको अध्यक्षतामा बसेको सभामा सहभागी शेयरधनीहरूले उठाएको जिज्ञासामाथि अध्यक्षले स्पष्ट प्रतिक्रिया दिएका थिए।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत शेषरमण आचार्यले स्वागत मन्तव्य राखे भने सञ्चालन कम्पनी सचिव ज्ञानेन्द्र अर्यालले गरे। सभाले बाँकी अवधिका लागि सञ्चालक चयनसमेत गरेको छ। संस्थापक तर्फ नेपाल बैंक लिमिटेडबाट प्रदीप कुमार पाठक तथा सर्वसाधारण तर्फबाट शिवप्रसाद भट्टराई, आयुषी सापकोटा र पुष्करनाथ भण्डारी निर्विरोध निर्वाचित भएका छन्।
डिप्रोक्स लघुवित्तले साधारण सभामार्फत आगामी वर्षमा पनि संस्था विस्तार, सेवा प्रभावकारिता र वित्तीय पहुँच अभिवृद्धिमा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।





