काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले एमालेको भविष्य सङ्कटमा परेको भन्दै व्यङ्ग्य गरेका छन्।
सोमबार काठमाडौंमा आयोजित लिम्बुवान क्रान्तिकारी पार्टी र नेपाली कम्युनिष्ट पार्टीबीचको समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले एमाले (सूर्य चिन्ह) को शक्ति क्षीण हुँदै गएको र आफ्नो पार्टी (तारा) उदाउँदै गरेको दाबी गरेका हुन्।
‘एकातिर सूर्य अस्त हुन्छ, अर्को तर्फ तारा चम्किरहेको हुन्छ,’ नेता नेपालले भने, ‘हिजो नेपालगन्जमा घाम नलागेर प्लेन ल्यान्ड हुन सकेन, तर रुकुममा टन्टलापुर घाम लागेर हामीलाई सूर्य पर्खिरहेको थियो। हाम्रो कार्यक्रम भएपछि सूर्य अस्त भयो, अनि तारा चम्किन थालेको छ।’





