काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य १ हजार ८ सय रुपैयाँले बढेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७४ हजार ७ सय रूपैयाँ कायम भएकोमा आज १ हजार ८ रुपैयाँले बढेर २ लाख ७६ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार चाँदीको मूल्य प्रतितोला ५ हजार १ सय ९५ रूपैयाँ कायम भएकोमा आज १ सय ४५ रूपैयाँले बढेर ५ हजार ३ सय ४० रूपैयाँ कायम भएको छ ।





